काठमाडौं । डिजिटल प्रविधिमा रुचि राख्ने तथा व्यवसाय र करियरमा एसइओ तथा डिजिटल मार्केटिङको प्रयोग गर्न चाहने व्यक्तिहरूका लागि शेर्पा समाज माप्या दूधकोशीले ३० दिने विशेष तालिम कार्यक्रम आयोजना गर्न लागेको छ । तालिम २०८२ असार ५ गते (२०२५ जुन १९) देखि सुरु हुनेछ ।
तालिम चाबहिलस्थित SUYAN EDUCATION मा सञ्चालन हुनेछ, जहाँ अनुभवी प्रशिक्षक प्रकाश खतीवडाले प्रशिक्षण दिनेछन् । डिजिटल मार्केटिङ, एसइओ, ट्राफिक विश्लेषण र अनलाइन व्यवसाय प्रवर्द्धनमा विशेष उपयोगी हुने यो तालिममा २५ जनाका लागि मात्र सीट उपलब्ध छ ।
तालिम शुल्क रु ४,००० मात्र राखिएको छ, जसले धेरैलाई आकर्षण गर्ने अपेक्षा गरिएको छ । कक्षा हरेक दिन दिउँसो १ बजेदेखि २ बजेसम्म सञ्चालन हुनेछ ।
सीट दर्ताका लागि;
पासाङ शेर्पा (अध्यक्ष) : ९८५१०६०९४७
फुर तेन्जिङ शेर्पा (सचिव) : ९८४२८१८००४













