दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ०७ मा अवस्थित देवथली आन्तरिक पर्यटनको राेजाईमा पर्न थालेको छ । उच्च स्थानमा रहेको देवथली प्रााकृतिक तथा धार्मिक रुपले मनाेरम स्थल हाे । जहाँ बर्षे सिजनमा जिल्लाका विभिन्न स्थानबाट घुम्न कयौं पर्यटकहरु आउने गरेका छन् । परापूर्व कालमा मालिकार्जुन देवता शिखरधाममा सवार हुदा देवस्थलीमा बाघबाट आाेर्लेर थकाई मारेको किबदन्ति छ ।
नगरपालिकाकै उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको देवथलि कयौं बर्षबाट संरक्षणकाे प्रखाईमा रहेको छ । त्यहा अवस्थित मालिकार्जुन मन्दिर जिर्ण अवस्थामा रहेको मन्दिरका भणारे घनश्याम जाेशीले बताउनुभयो ।

साे ठाउँबाट लेकम मालिकार्जुन शैल्यशिखर र बैतडीको दाेगडाकेदार,डिलासैनी देखि पाटन सम्मका मनमाेहक दृश्यले पर्यटनको मन लाेभ्याउछ ।
हिजाे शनिवार शैल्यशिखर नगरपालिकाका विभिन्न क्षेत्रमा कार्यरत कर्मचारीहरुले साे ठाउँको अवलोकन गरेका छन् ।
तस्बिरहरू: सैजन्य राजमती खडायत











