Thursday, July 30, 2026
No Result
View All Result
Limpiyadhura Khabar
  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश
    • कञ्चनपुर
    • कैलाली
    • बाजुरा
    • अछाम
    • बैतडी
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश
    • कञ्चनपुर
    • कैलाली
    • बाजुरा
    • अछाम
    • बैतडी
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
No Result
View All Result
Limpiyadhura Khabar
No Result
View All Result
Home स्वास्थ्य

थकानदेखि डिप्रेसनसम्म : भिटामिन बी १२ को कमीले ल्याउँछ यस्तो खतरा

October 1, 2025
in स्वास्थ्य
Reading Time: 1min read
0
थकानदेखि डिप्रेसनसम्म : भिटामिन बी १२ को कमीले ल्याउँछ यस्तो खतरा
Share on FacebookShare on Twitter

काठमाडौं । शरीरलाई स्वस्थ राख्न र दैनिक जीवनका महत्त्वपूर्ण कार्यहरू सुचारु गर्न विभिन्न प्रकारका पोषक तत्वहरूको आवश्यकता हुन्छ । तीमध्ये प्रोटिन, भिटामिन र मिनरल्स विशेष महत्त्वपूर्ण मानिन्छन् । भिटामिन ‘बी १२’ शरीरका लागि अपरिहार्य तत्व हो, जसलाई विभिन्न खानेकुराबाट प्राप्त गर्न सकिन्छ ।

भिटामिन बी १२ ले शरीरमा रातो रक्तकोषिका (Red Blood Cells) उत्पादन गर्नुका साथै डीएनए निर्माणमा सहयोग पुर्‍याउँछ । यसले छाला, हड्डी र स्नायु प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ । साथै मानसिक स्वास्थ्यलाई सन्तुलित राख्न पनि भिटामिन बी १२ आवश्यक हुन्छ ।

यसको कमीले स्मरणशक्ति घट्ने, डिप्रेसन र चिन्ता बढ्ने जस्ता समस्या निम्त्याउन सक्छ । मानसिक रूपमा नकारात्मक वा निराशाजनक विचार आउन सक्छ, जसले दीर्घकालीन मानसिक स्वास्थ्यमा असर पुर्‍याउन सक्छ ।

अनुसन्धानहरूले देखाएअनुसार, भिटामिन बी समूहले मस्तिष्कमा रासायनिक तत्वहरूको उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्छ । यसको अभाव हुँदा मूड स्विङ, डिप्रेसन र मानसिक स्पष्टतामा कमी हुने खतरा हुन्छ ।

त्यस्तै, भिटामिन बी १२ को कमीले थकान, सास फेर्न कठिनाइ, ऊर्जा स्तरमा कमी, मांसपेशी तथा विशेषगरी घाँटी दुख्ने समस्या बढाउन सक्छ । भिटामिन बी १२ को मुख्य स्रोत मासु, माछा, कुखुरा, अण्डा तथा दुग्धजन्य पदार्थ (दूध, पनीर, दही) हुन् ।

शाकाहारीहरूले चाहिँ फोर्टिफाइड ब्रेकफास्ट सिरियल, फोर्टिफाइड बिरुवामूलक दूध (जस्तै सोया वा बदाम दूध) तथा फोर्टिफाइड पोषण खमीरलाई आहारमा समावेश गरेर यसको कमी पूरा गर्न सक्छन् ।

भिटामिन बी १२ ले शरीरमा राता रक्तकोष उत्पादन, स्नायु कोशिका स्वस्थ राख्ने, डीएनए निर्माण तथा खानाबाट ऊर्जा उत्पादन गर्ने प्रक्रियामा प्रत्यक्ष भूमिका खेल्छ । त्यसैले नियमित रूपमा भिटामिन बी १२ युक्त आहार लिनु स्वास्थ्यका लागि अत्यावश्यक मानिन्छ ।

Previous Post

शेर्पा समाजद्वारा युवा लक्षित डिजिटल तालिम, सीमित सीटमा दर्ता खुला

Next Post

मधुमेहदेखि हृदयघातसम्म, बदामको नियमित सेवनले घटाउँछ जोखिम

Related Posts

जिल्ला अस्पताल दार्चुलामा विशेषज्ञद्वारा स्त्रीरोग सेवा सुरु
Banner

जिल्ला अस्पताल दार्चुलामा विशेषज्ञद्वारा स्त्रीरोग सेवा सुरु

October 26, 2025
किन खाने पोलेको मकै ? यस्ता छन् फाइदा
स्वास्थ्य

किन खाने पोलेको मकै ? यस्ता छन् फाइदा

October 1, 2025
मधुमेहदेखि हृदयघातसम्म, बदामको नियमित सेवनले घटाउँछ जोखिम
स्वास्थ्य

मधुमेहदेखि हृदयघातसम्म, बदामको नियमित सेवनले घटाउँछ जोखिम

October 1, 2025
Next Post
मधुमेहदेखि हृदयघातसम्म, बदामको नियमित सेवनले घटाउँछ जोखिम

मधुमेहदेखि हृदयघातसम्म, बदामको नियमित सेवनले घटाउँछ जोखिम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

July 2026
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« May    
हुनैनाथ आ.वि सिराेडाका प्र. अ गजेन्द्र मिश्रकाे भब्य विदाई
Banner

हुनैनाथ आ.वि सिराेडाका प्र. अ गजेन्द्र मिश्रकाे भब्य विदाई

by लिम्पियाधूरा डेष्क
July 22, 2026
लेकममा विकास र सुशासन देखाउने हुटहुटी छ: धनन्जय मिश्र
Banner

लेकममा विकास र सुशासन देखाउने हुटहुटी छ: धनन्जय मिश्र

by लिम्पियाधूरा डेष्क
July 21, 2026
दार्चुलाको बडीमालिका: देवथली, चिनिन बाकी, विकासको पर्खाईमा
Banner

दार्चुलाको बडीमालिका: देवथली, चिनिन बाकी, विकासको पर्खाईमा

by लिम्पियाधूरा डेष्क
July 12, 2026
४ वटा विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
Banner

४ वटा विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत

by लिम्पियाधूरा डेष्क
July 7, 2026

हाम्रो बारेमा

लिम्पियाधुरा खबर

मुख्य कार्यालय
*********

सूचना बिभाग दर्ता नं.
****

सम्पर्क नम्बर
**********

ईमेल
*************

हाम्रो टीम

प्रबन्धक
दुर्गा दत्त मिश्र

सम्पादक
रमेश प्रसाद जोशी

कानूनी सल्लाहकार
अधिवक्ता कृष्ण महरा

द्रुत लिंक

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

विज्ञापन

  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश

© 2025 Limpiyadhura Khabar

No Result
View All Result
  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश
    • कञ्चनपुर
    • कैलाली
    • बाजुरा
    • अछाम
    • बैतडी
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ

© 2025 Limpiyadhura Khabar