दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा आगामी २०८४ काे स्थानीय निर्वाचनको बहस सुरु भएको छ । निर्वाचनमा नयाँ तथा पुराना अनुहारुकाे चर्चा यतिबेला व्यापक छ ।
यसैबीच आफुलाई निर्वाचनमा हाेमेर लेकमकाे सर्वागिण विकास गर्ने अठाेट व्यक्त गर्दै गाउँपालिकाकाे वडा नम्बर ५ सिमखेतका युवा नेता तथा नेपाल विद्यार्थी संघ केन्द्रीय महाधिवेशन प्रतिनिधि एव विगत डेढ दशकदेखि विद्यार्थी राजनीतिमा सकृय धनन्जय मिश्रले नेपाली कांग्रेस पार्टीबाट गाउँपालिका अध्यक्ष पदकाे लागि तयारी गरेको बताएका छन् ।
गाउँपालिकाभित्र सुशासन, पार्दरशिता र जिम्मेवारीपनसहित लेकमकाे विकास गर्ने हुटहुटिका साथ चुनावमा हाेमिने उहाँको प्रतिवद्वता छ ।
पार्टिभित्र पनि आन्तरिक रुपमा तयारी भईसकेकाे बताउदै उहाले निम्न प्रतिवद्वताहरु रहेको लिम्पियाधुरा खबरलाई जानकारी दिनुभयो ।
आदरणीय लेकमबासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक नमस्कार!
सर्वप्रथम, लेकम गाउँपालिकाको आसन्न २०८४ सालको स्थानीय तह निर्वाचनमा मैले पनि गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको जानकरी गराउँदछु।
आदरणीय लेकमबासी जनसमुदाय,
मेरो दृढ विश्वास छ कि अब पुरानै शैलीको नेतृत्वबाट लेकममा अपेक्षित सुशासन र दिगो विकास सम्भव छैन। समयले अब इमानदार, जिम्मेवार, दूरदर्शी र क्षमतावान युवालाई नेतृत्वमा आउन आह्वान गरिरहेको छ। यही विश्वासका साथ मैले पनि लेकम गाउँपालिकाको नेतृत्व गर्ने इच्छा व्यक्त गरेको हुँ।
विगत करिब १०-१२ वर्षदेखि अध्ययनको सिलसिलामा विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै विद्यार्थीहरूको हक, हित र अधिकारका पक्षमा निरन्तर आवाज उठाउँदै आइरहेको छु।मैले आजसम्म न एक रुपैयाँ चन्दा असुली गरेको छु, न त एक रुपैयाँ सरकारी सम्पत्तिको दुरुपयोग वा हिनामिना गरेको छु। भविष्यमा पनि कानुनविपरीत एक रुपैयाँ बराबरको सार्वजनिक सम्पत्तिसमेत अपचलन नगर्ने प्रणका साथ म यहाँहरूबीच आएको छु।
मेरो उम्मेदवारीसँगै अधिकांश साथीहरूले समर्थन गर्नुभएको छ भने केहीले आलोचना र विरोध पनि गर्नुभएको देखेको छु। लोकतन्त्रमा आलोचना र फरक विचार स्वाभाविक हुन्, त्यसलाई मैले सकारात्मक रूपमा लिएको छु। तर व्यक्तिगत प्रतिशोध, चरित्र हत्या र खिसिट्युरीको राजनीति कसैका लागि पनि हितकर हुँदैन भन्ने मेरो विश्वास छ।
म कसैको अवसर खोस्न आएको होइन। म केवल लेकममा सुशासन, पारदर्शिता र विकास व्यवहारमै कस्तो हुन्छ भन्ने देखाउने दृढ संकल्पका साथ नेतृत्वमा आउन खोजेको हुँ।
आज केही नयाँ युवा साथीहरू पनि नेतृत्वको आकांक्षा लिएर अगाडि आउनुभएको देख्दा मलाई अत्यन्तै खुसी लागेको छ। यो लेकमको लागि सकारात्मक संकेत हो। मेरो मान्यता स्पष्ट छ—युवाहरूबीच विचार, एजेन्डा, योजना र क्षमताको स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ, व्यक्तिगत आरोप–प्रत्यारोपको होइन। अन्तिम निर्णय जनताको हुनेछ, र त्यो निर्णयलाई सम्मान गर्नु सबैको कर्तव्य हो।
म विश्वासका साथ भन्न चाहन्छु—नेतृत्वको अवसर पाएँ भने लेकमको विकास, सुशासन र जनसेवामा उत्कृष्ट काम गरेर देखाउने दृढ आत्मविश्वास मसँग छ।
आदरणीय लेकमबासी जनसमुदाय,
हामी सबैले वर्षौँदेखि गरिब,किसान, दुःखी, असहाय, एकल महिला, ज्येष्ठ नागरिक र आवाजविहीन नागरिकका पीडा बेवास्ता भएको अवस्था देखेका छौँ। अबको नेतृत्व यिनै वर्गको पक्षमा उभिन सक्नुपर्छ। गाउँपालिकाको नेतृत्व कार्यालयमा बसेर जनताको प्रतीक्षा गर्ने होइन, गाउँ–गाउँ पुगेर जनताका समस्या सुन्ने, समाधानको बाटो देखाउने र सेवा जनतासम्म पुर्याउने हुनुपर्छ।
म यस्तो लेकम निर्माण गर्न चाहन्छु, जहाँ विकासका लागि नागरिकले नेताको ढोका ढकढक्याउन वा खुट्टा ढोग्नुपर्ने अवस्था अन्त्य होस्। जनताको सेवक बनेर जनताको घरदैलोमा पुग्ने नेतृत्व नै आजको आवश्यकता हो भन्ने मेरो दृढ विश्वास छ।यसै अवसरमा म लेकम गाउँपालिकाका सम्पूर्ण पत्रकार साथीहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। पालिका अध्यक्ष पदका आकांक्षी सबै उम्मेदवारहरूबीच लेकमको केन्द्रमा खुला सार्वजनिक संवाद कार्यक्रम आयोजना गरौँ। म त्यस्तो कार्यक्रममा सहर्ष सहभागी भई आफ्ना विचार, योजना र प्रतिबद्धता जनतासामु खुला रूपमा प्रस्तुत गर्न पूर्ण रूपमा तयार छु।
यदि आम जनता र युवाहरूले मेरा विचार, एजेन्डा र योजनाभन्दा अन्य कुनै उम्मेदवारका विचार र योजनालाई बढी उपयुक्त ठान्नुहुन्छ भने, जनताको निर्णयलाई शिरोधार्य गर्दै नेतृत्वको दौडबाट सम्मानपूर्वक पछि हट्न र योग्य व्यक्तिलाई सहयोग गर्न पनि म पूर्ण रूपमा तयार छु। किनकि मेरो व्यक्तिगत पदभन्दा पनि लेकमको समृद्ध भविष्य मेरो लागि ठूलो कुरा हो।
>अन्त्यमा,
लेकम गाउँपालिकामा नेतृत्व परिवर्तन आजको आवश्यकता मात्र होइन, समयको माग पनि हो भन्ने मेरो विश्वास छ। त्यसैले सही विचार, सही भावना, इमानदार नेतृत्व र न्यायपूर्ण विकासको पक्षमा सम्पूर्ण लेकमबासी—विशेषगरी युवाशक्तिलाई—एकताबद्ध हुन हार्दिक अनुरोध गर्दछु।
<span;>आउनुहोस्, हामी सबै मिलेर सुशासित, समृद्ध, पारदर्शी र अवसरले भरिएको नयाँ लेकम निर्माण गरौँ।
<span;>
<span;><span;>एकचोटि लेकमको नेतृत्व लिन चाहेको जानकारी गराउन चाहन्छु।
<span;><span;>लेकम गाउँपालिकाका आम जनसमुदायमा समक्ष मेरा प्रमुख विकास एजेण्डाहरु:-
<span;><span;>१. सुशासन र पारदर्शिता
<span;><span;>भ्रष्टाचारप्रति शून्य सहनशीलता।
<span;><span;>प्रत्येक योजना, बजेट र खर्च सार्वजनिक।
<span;><span;>सार्वजनिक खरिद प्रक्रियामा पूर्ण पारदर्शिता।
<span;><span;>नियमित सार्वजनिक सुनुवाइ।
<span;><span;>२. जनसहभागिता
<span;><span;>प्रत्येक महिनामा गाउँ–गाउँमा खुला जनसंवाद।
<span;><span;>प्रत्येक वडाबाट विकासका प्राथमिकता संकलन।
<span;><span;>नागरिकका गुनासा र सुझावका लागि प्रभावकारी संयन्त्र।
<span;><span;>३. विज्ञसँग सहकार्य
<span;><span;>शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन र सूचना प्रविधिका विज्ञसँग नियमित परामर्श।
<span;><span;>स्थानीय बुद्धिजीवी, शिक्षक, किसान, युवा र व्यवसायीसँग विकास योजनामा सहकार्य।
<span;><span;>४. सडक र पूर्वाधार
<span;><span;>सबै मौसममा सञ्चालन हुने सडक।
<span;><span;>पुल, कल्भर्ट र पैदलमार्ग विस्तार।
<span;><span;>पहिरो नियन्त्रण र सडक मर्मत।
<span;><span;>५. सुरक्षित खानेपानी
<span;><span;>प्रत्येक बस्तीमा स्वच्छ खानेपानी।
<span;><span;>पानीका मुहान संरक्षण।
<span;><span;>दीर्घकालीन खानेपानी आयोजना।
<span;><span;>६. गुणस्तरीय शिक्षा
<span;><span;>आधुनिक विज्ञान र कम्प्युटर प्रयोगशाला।
<span;><span;>डिजिटल शिक्षा।
<span;><span;>शिक्षक क्षमता विकास।
<span;><span;>जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति।
<span;><span;>७. स्वास्थ्य
<span;><span;>गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा।
<span;><span;>विशेषज्ञ स्वास्थ्य शिविर।
<span;><span;>मातृ–शिशु स्वास्थ्य र आपत्कालीन सेवामा सुधार।
<span;><span;>८. कृषि र पशुपालन
<span;><span;>सिँचाइ विस्तार।
<span;><span;>उच्च मूल्यका बाली, फलफूल र जडीबुटी।
<span;><span;>कृषि उत्पादनको बजार सुनिश्चित।
<span;><span;>पशुपालनलाई व्यावसायिक बनाउने।
<span;><span;>९. युवा र रोजगारी
<span;><span;>सीपमूलक तालिम।
<span;><span;>उद्यमशीलता प्रवर्द्धन।
<span;><span;>स्थानीय रोजगारी सिर्जना।
<span;><span;>१०. खेलकुद
<span;><span;>प्रत्येक वडामा खेलमैदान।
<span;><span;>गाउँपालिकास्तरीय खेलकुद प्रतियोगिता।
<span;><span;>प्रतिभाशाली खेलाडीलाई प्रशिक्षण।
<span;><span;>बहुउद्देश्यीय कभर्ड हल।
<span;><span;>११. पर्यटन
<span;><span;>धार्मिक र प्राकृतिक पर्यटकीय स्थलको विकास।
<span;><span;>होमस्टे र पदमार्ग प्रवर्द्धन।
<span;><span;>स्थानीय संस्कृति र परम्पराको संरक्षण।
<span;><span;>१२. डिजिटल गाउँपालिका
<span;><span;>धेरैजसो सेवा अनलाइन।
<span;><span;>वडास्तरमा डिजिटल सेवा केन्द्र।
<span;><span;>निःशुल्क सार्वजनिक Wi-Fi जस्ता सम्भाव्य परियोजनाको अध्ययन।
<span;><span;>१३. वातावरण र विपद् व्यवस्थापन
<span;><span;>वृक्षरोपण।
<span;><span;>मुहान संरक्षण।
<span;><span;>पहिरो, बाढी र आगलागी जोखिम न्यूनीकरण।
<span;><span;>१४. महिला, ज्येष्ठ नागरिक र समावेशी विकास
<span;><span;>महिला उद्यमशीलता।
<span;><span;>ज्येष्ठ नागरिकमैत्री सेवा।
<span;><span;>अपाङ्गता भएका व्यक्ति र विपन्न समुदायका लागि लक्षित कार्यक्रम।










