शनिबार बैतडीमा आयोजित बैतडी जिल्लाका पालिका प्रमुखहरू, संघ, प्रदेश र स्थानीय तहका कार्यालय प्रमुखहरू तथा सुरक्षा निकायका प्रतिनिधिहरूसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले सो निर्देशन दिएका हुन् ।
उनले आवश्यक नभएको ठाउँमा बजेट विनियोजित गरिएको र काम सम्पन्न भइसकेका योजनामा समेत काम गरेको व्यापक जनगुनासो आउन थालेपछि स्पष्ट रुपमा कार्ययोजना तयार गरेर योजना कार्यान्वयन गर्न निर्देशन दिएक हुन् ।
साथै उनले उपभोक्ता समिति मार्फत कुनै पनि काम नगर्न निर्देशन दिएका छन् । ठेक्का सम्झौता मार्फत विकास निर्माणलाई प्राथमिकता राख्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री शाहले पालिका महासंघलाई समेत स्पष्ट मापदण्ड निर्धारण गरी अति आवश्यकता भएको ठाउँमा मात्र उपभोक्ता समिति मार्फत काम गर्ने गरी र प्रदेश कानुनमा अन्तर्गत समेटिने स्पष्ट मापदण्ड बनाउन निर्देशन दिनुभयाे ।
यसैबीच मुख्यमन्त्री शाहले बैतडीस्थित चारओटै सुरक्षा निकायका प्रमुखहरुसँग जिल्लाको शान्ति सुरक्षाको अवस्थाका बिषयमा जानकारी लिएका छन् । जिल्ला प्रशासन कार्यालयको हलमा सुरक्षा निकायका प्रमुखहरुसँग उनले शनिबार शान्ति सुरक्षाको अवस्थाका बिषयमा जानकारी लिएका हुन् ।









