Friday, July 31, 2026
No Result
View All Result
Limpiyadhura Khabar
  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश
    • कञ्चनपुर
    • कैलाली
    • बाजुरा
    • अछाम
    • बैतडी
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश
    • कञ्चनपुर
    • कैलाली
    • बाजुरा
    • अछाम
    • बैतडी
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
No Result
View All Result
Limpiyadhura Khabar
No Result
View All Result
Home Banner

सुदूरपश्चिममा प्रमुख कृषि बालीको क्षेत्रफल र उत्पादन बढ्यो

November 25, 2025
in Banner, कञ्चनपुर, कैलाली, दार्चुला, प्रविधि, रोचक, विचार, समाचार, समाज, सुदुरपश्चिम प्रदेश
Reading Time: 1min read
0
सुदूरपश्चिममा प्रमुख कृषि बालीको क्षेत्रफल र उत्पादन बढ्यो
Share on FacebookShare on Twitter

दार्चुला । सुदूरपश्चिम प्रदेशको कृषि क्षेत्रमा आर्थिक वर्ष २०८१-८२ मा वृद्धि भएको छ। प्रमुख कृषि बाली—खाद्य तथा अन्य बाली, तरकारी, फलफूल र मसलाले ढाकेको क्षेत्रफल यो वर्ष २.१६ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष यस क्षेत्रमा ७.७१ प्रतिशतको गिरावट आएको थियो।

प्रदेश सरकारले सञ्चालन गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, मलखादको समयमै उपलब्धता, सिंचाइ सुविधा विस्तार, वर्णशंकर जातको मकैको बिउ प्रयोगमा वृद्धिसहित वैदेशिक रोजगारबाट फर्केका युवाहरूको व्यावसायिक कृषितर्फ आकर्षणलाई यस वृद्धिको मुख्य कारण मानिएको छ। समीक्षा वर्षमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल १.३० प्रतिशतले बढेको छ, जबकि अघिल्लो वर्ष सोही बालीको क्षेत्रफल ८.९१ प्रतिशतले घटेको थियो

बाली अनुसार हेर्दा धान र गहुँको क्षेत्रफल क्रमशः २.४८ र ४.२३ प्रतिशतले घटेको छ भने मकै, कोदो, जौँ, फापर, आलु, उखु, भटमास, दलहन र तेलहनको क्षेत्रफलमा ०.८० प्रतिशतदेखि ७४.१३ प्रतिशतसम्म वृद्धि भएको छ। तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफल ९.५८ प्रतिशतले वृद्धि भएको छ, अघिल्लो वर्ष यो क्षेत्र ४.९६ प्रतिशतले घटेको थियो। फलफूल तथा मसला बालीले ढाकेको क्षेत्रफल पनि यस वर्ष ८.५२ प्रतिशतले बढेको राष्ट्र बैंकको वार्षिक अध्ययन प्रतिवेदनमा उल्लेख छ।

उत्पादनतर्फ हेर्दा आर्थिक वर्ष २०८१÷८२ मा प्रमुख कृषि बालीको कुल उत्पादन २.७६ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष समग्र कृषि उत्पादन ३.६४ प्रतिशतले बढेको थियो। सिंचित क्षेत्रफलमा वृद्धि, कृषिमा यान्त्रिकीकरण र आधुनिकीकरण, उन्नत बीउबिजनको प्रयोग तथा अनुकूल मौसम र पर्याप्त वर्षाले उत्पादन वृद्धि गर्न सहयोग पुर्‍याएको छ।

खाद्य तथा अन्य बालीको उत्पादन पनि २.७६ प्रतिशतले बढेको छ। तीमध्ये सबैभन्दा बढी तेलहनको उत्पादन १८.८९ प्रतिशत र आलुको उत्पादन १६.११ प्रतिशतले बढेको छ भने फापरको उत्पादन ७७.८८ प्रतिशतले घटेर सबैभन्दा ठूलो गिरावट देखिएको छ। जिल्लागत आधारमा कैलाली, कञ्चनपुर र दार्चुलामा खाद्य तथा अन्य बाली उत्पादनमा वृद्धि भएको छ, जसमा कैलाली अग्रस्थानमा छ। अछाममा भने १५.६५ प्रतिशतले उत्पादन घटेको छ।

Previous Post

बैतडीकाे पाटनमा शैक्षिक सामग्री बैंक स्थापना

Next Post

शैल्यशिखर-०३ काे नवनिर्मित भवनवाट सेवा सुचारू

Related Posts

हुनैनाथ आ.वि सिराेडाका प्र. अ गजेन्द्र मिश्रकाे भब्य विदाई
Banner

हुनैनाथ आ.वि सिराेडाका प्र. अ गजेन्द्र मिश्रकाे भब्य विदाई

July 22, 2026
लेकममा विकास र सुशासन देखाउने हुटहुटी छ: धनन्जय मिश्र
Banner

लेकममा विकास र सुशासन देखाउने हुटहुटी छ: धनन्जय मिश्र

July 21, 2026
दार्चुलाको बडीमालिका: देवथली, चिनिन बाकी, विकासको पर्खाईमा
Banner

दार्चुलाको बडीमालिका: देवथली, चिनिन बाकी, विकासको पर्खाईमा

July 12, 2026
४ वटा विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
Banner

४ वटा विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत

July 7, 2026
तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत
Banner

तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत

July 6, 2026
बैतडी बस दुर्घटना अपडेट : १७ जना घाइते
Banner

बैतडी बस दुर्घटना अपडेट : १७ जना घाइते

July 3, 2026
दार्चुलाकी पूजा मिश्र माेडलिङमा डेब्यु गर्दै, नयाँ म्युजिक भिडियो बजारमा
Banner

दार्चुलाकी पूजा मिश्र माेडलिङमा डेब्यु गर्दै, नयाँ म्युजिक भिडियो बजारमा

May 20, 2026
दार्चुलाकी टिकटकर पूजा मिश्रकाे अभिनय रहेकाे गित सार्वजनिक
Banner

दार्चुलाकी टिकटकर पूजा मिश्रकाे अभिनय रहेकाे गित सार्वजनिक

April 10, 2026
Next Post
शैल्यशिखर-०३ काे नवनिर्मित भवनवाट सेवा सुचारू

शैल्यशिखर-०३ काे नवनिर्मित भवनवाट सेवा सुचारू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

July 2026
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« May    
हुनैनाथ आ.वि सिराेडाका प्र. अ गजेन्द्र मिश्रकाे भब्य विदाई
Banner

हुनैनाथ आ.वि सिराेडाका प्र. अ गजेन्द्र मिश्रकाे भब्य विदाई

by लिम्पियाधूरा डेष्क
July 22, 2026
लेकममा विकास र सुशासन देखाउने हुटहुटी छ: धनन्जय मिश्र
Banner

लेकममा विकास र सुशासन देखाउने हुटहुटी छ: धनन्जय मिश्र

by लिम्पियाधूरा डेष्क
July 21, 2026
दार्चुलाको बडीमालिका: देवथली, चिनिन बाकी, विकासको पर्खाईमा
Banner

दार्चुलाको बडीमालिका: देवथली, चिनिन बाकी, विकासको पर्खाईमा

by लिम्पियाधूरा डेष्क
July 12, 2026
४ वटा विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
Banner

४ वटा विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत

by लिम्पियाधूरा डेष्क
July 7, 2026

हाम्रो बारेमा

लिम्पियाधुरा खबर

मुख्य कार्यालय
*********

सूचना बिभाग दर्ता नं.
****

सम्पर्क नम्बर
**********

ईमेल
*************

हाम्रो टीम

प्रबन्धक
दुर्गा दत्त मिश्र

सम्पादक
रमेश प्रसाद जोशी

कानूनी सल्लाहकार
अधिवक्ता कृष्ण महरा

द्रुत लिंक

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

विज्ञापन

  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश

© 2025 Limpiyadhura Khabar

No Result
View All Result
  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश
    • कञ्चनपुर
    • कैलाली
    • बाजुरा
    • अछाम
    • बैतडी
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ

© 2025 Limpiyadhura Khabar