दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ८ झरकाँडाले वडाभरीका विद्यालयका शिक्षकहरूकाे लागि तीन महिने आधारभूत कम्प्युटर तालिम सुरू भएको छ ।
साेमबार ( हिजाे ) एक कार्यक्रमका बिच तालिमकाे उद्घाटन गरिएको वडा नम्बर ८ का अध्यक्ष केशब राज जाेशीले जानकारी दिनुभयो ।
सामुदायिक विद्यालयका एक-एक जना शिक्षकहरूलाई विद्यालयमा कम्प्युटर शिक्षा सन्चालन गर्ने उदेश्यका साथ तालिम सन्चालन गरिएको उहाँले बताउनुभयो ।
तालिममा वडाका ७ वटै सामुदायिक विद्यालयका १-१ जना शिक्षकहरुकाे सहभागीता रहेको छ ।
वडा नम्बर ८ का वडा अध्यक्ष केशब राज जाेशीकाे अध्यक्षतामा उद्घाटन गरिएको कार्यक्रममा नगरप्रमुख विजय सिह धामीकाे प्रमुख आतिथ्यता रहेको थियाे
त्यतै कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भाेजराज भट्ट लगायत सराेकारवालाहरूकाे सहभागीता रहेको थियाे









