दार्चुला । दार्चुलाकाे लेकम गाउँपालिका अध्यक्ष रामदत्त जाेशीले स्ववियु अक्षयकोषलाई आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
जोशीले दार्चुला बहुमुखी क्याम्पसमा अध्ययनरत अपांग, असहाय, टुहुरा–अनाथ, आर्थिक रूपमा कमजोर तथा शैक्षिक रूपमा उत्कृष्ट विद्यार्थीका लागि स्थापना भएको स्ववियु अक्षयकोषमा रु. १ लाख सहयोग प्रदान गरेका छन्। उक्त सहयोगले विपन्न विद्यार्थीलाई वार्षिक छात्रवृत्ति उपलब्ध गराउने उद्देश्य राखिएको छ।









