दार्चुला । चाडपर्वहरुको मौका छोपी दार्चुलामा स्थानीय सवारी साधनहरुले चर्को भाडा असुलीरहेका छन् ।
रात्रीजात्राको मौका छोपी स्थानीय जीप हाईस व्यवसायीले मनमौजी तरिकाले चर्को भाडा असुल्दै स्थानीयलाई सास्थी दिइरहेको मालिकार्जुन ३ का स्थानीय केशव सिंह धामीले बताउनुभयो । करिव ३ किलोमिटरको दुरीमा २० रुपैयाँ भाडा रहेकोमा ५० देखि १०० रुपैयाँसम्म असुलिरहेको र क्षमताभन्दा बढी यात्रु ओसारपोसार गरिरहेको स्थानीयको गुनासो छ ।
रात्रीजात्राहरुलाई व्यवस्थापनको लागि स्थानीय प्रशासन तथा ट्राफिक प्रहरीले चासो नदिदा समस्या भएको स्थानीयको गुनासो छ ।









