दार्चुला । दार्चुलामा जीप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । जिल्लाको मार्मा गाउँपालिका३ दानीखेत भन्ने ठाउँमा जीप दुर्घटना हुँदा गाडी धनी ३४ वर्षीय करबिर सिंह ठगुन्नाको मृत्यु भएको स्थानीय नविन धामीले जानकारी दिनुभयो ।
शुक्रबार (आज) विहान लटिनाथबाट सार्सी जाने क्रममा सु.प.प्र.०१ ००१ ज १६६२ नम्बरको जिप मार्माको दानीखेतमा दुर्घटना हुँदा ठगुन्नाको मृत्यु भएको बताइएको छ
प्रहरीका अनुसार जीप सडकबाट झण्डै दुई सय मिटर तल खसेको छ । । चालकको खोजि भइरहेको र थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय लटिनाथले जनाएको छ ।









