कञ्चनपुर । पुनर्वास नगरपालिका ११ डोके बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित डोटी जोरायल गाउँपालिका ४ जिजिकोट बस्ने २५ वर्षीय पक्राउ परेका छन् ।
टेकेन्द्र कुँवरलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










