दार्चुला । नेपाली काङ्ग्रेस दार्चुलाको मूल टाेलिले महाकाली नगरपालिकामा भेटघाट गरेको छ
प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्षतर्फका उम्मेदवार धर्मानन्द जोशी र समानुपातिक तर्फका उम्मेदवार करबिर बहादुर कार्की सहितको प्रचारप्रसारको टोलिले आज महाकाली नगरपालिकाको वडा नम्बर ६, ७ र ८ का विभिन्न गाउँवस्तीमा मतदाता, नेपाली कांग्रेसका अगुवा नेता कार्यकर्तासंग चुनाव लक्षित भेटघाट एवं अन्तरक्रिया गरेकाे छ । निर्वाचन लक्षित भेटघाट कार्यक्रममा महाकाली नगरपालिकाका भेटघाट गरिएको टाेलिमा सहभागी परमानन्द जाेशीले जानकारी दिनुभयो ।









