उहाँ त्यहीबाट कञ्चनपुर हुँदै सुदूरपश्चिमका पहाडी जिल्ला पुग्ने कार्यक्रम रहेको रास्वपा दार्चुलाका सभापति तथा रास्वपा दार्चुलाका प्रतिनिधि सभा उम्मेदवार राजेश सिंह सामन्तले जानकारी दिनुभयो।
शाह माघ १४ गते बैतडीको पाटनमा आयोजना हुने कार्यक्रममा सहभागी हुने तालिका रहेको छ । त्यहीबाट दार्चुला आउने तयारीमा रहेको उहाँले बताउनुभयो । शाहले पार्टीका नेता कार्यकर्ता र शुभचिन्तकहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
बालेन कैलालीबाट डोटी , डडेल्धुरा, बैतडी हुँदै दार्चुला पुग्ने तालिका रहेको सचिवालयले जनाएको छ ।









