दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गरिएको छ । सोमबार नगरप्रमुख विजय सिंह धामीको अध्यक्षतामा तथा नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य एवम पूर्व मन्त्री गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा नव निर्मित प्रशासकीय भवनको उद्घाटन गरिएको हो । शैल्यशिखर नगरपालिका र शहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास विभागको १० करोड १९ लाख लागतमा नगरपालिका को वडा नम्बर ९ गोकुलेश्वरमा भवन निर्माण गरि सेवा सुरु गरिने भएकाे छ कार्यक्रममा नगर उप प्रमुख शान्ती खडायत, महाकाली नगरपालिकाका उप प्रमुख दुर्गाकुमारी खत्री विष्ट, प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वार्टर दार्चुलाका सशस्त्र प्रहरी उपरीक्षक देवराज जोशी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक गौरव महत, नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य हरदेव जोशी, एमाले पूर्व जिल्ला कमिटी अध्यक्ष राम दत्त जोशी लगायतको सहभागिता रहेको थियो । उद्घाटन समारोहमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्टले स्वागत मन्तव्य राख्नुभएको थियो ।
त्यसैगरी आज नै शैल्यशिखर नगरसभाको १८औं नगर अधिवेशनको पनि उद्घाटन गरिएकाे छ।









