सुनको भाउ आज तोलामा एक हजार १ सय रुपैयाँले घट्यो

तोलामा एक हजार १ सय रुपैयाँले घटेर सुन तोलाको २ लाख ६१ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ७ हजार ९ सय रुपैयाँले घटेर तोलाको २ लाख ६२ हजार १ सय रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको भाउ तोलामा एक सय २० रुपैयाँले घटेको छ । भाउ घटेको दिन चाँदी आज तोलाको ४ हजार ४ सय ७० रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा ३ सय ५ रुपैयाँले घटेर तोलाको ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

Related Posts

Next Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *

July 2026
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031