दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुरेन्द्र बहादुर बिष्ट चिन प्रस्थान गरेका छन् ।
एकेडेमी फर ईन्टरनेस्नल विजिनेस अफिसियल ( एआई,बिआाे) मिनिष्टि अफ कमर्श चाईना अन्तरगत बेजिङमा १ डिसेम्बर २०२५ देखि १५ सम्म सन्चालन हुने तालिममा सहभागी हुन सुदूरपश्चिम प्रदेशबाट एक्लाे प्रतिनिधि छनाेट भई बेजिङ पुगेको प्रशासकीय अधिकृत शुरेन्द्र बहादुर बिष्टले जानकारी दिनुभएको छ ।
देश भरका ११ वटा स्थानीय तहका शिक्षा सेवा तथा प्रमुख प्रशासकीय अधिकृतहरुलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मनोनयन गर्दा सुदूरपश्चिम प्रदेशका बिष्ट एक्ला सहभागी हुन् ।
कार्यक्रममा संघीय मामिला मन्त्रालय,शिक्षा मन्त्रालय,अर्थ मन्त्रालय ,प्रधानमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालय , राष्टिय याेजना आयोग सहितबाट गरि जम्मा ३३ जना कर्मचारीहरूकाे सहभागी रहेकाे छ ।
नेपालको विद्यालय शिक्षाको बिकासका लागि बिगत देखि हाल सम्म संचालित विभिन्न शैक्षिक परियोजनाहरुको सकारात्मक प्रभावको समीक्षा , शिक्षाको सामाजिक र दार्शनिक अवस्थाको बिश्लेषण तथा चीन सरकारले अघि सारेका शिक्षण सिकाइका असल अभ्यासको अनुसरण लगायत भाबी दिनमा शैक्षिक परियोजनाहरुमार्फत नेपालको विद्यालय शिक्षामा कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा अनुभव आदान प्रदान गर्ने कार्यक्रमकाे उद्वेेश्य रहेको छ । पछिल्लो समय शैल्यशिखरका प्रशासकीय अधिकृत बिष्ट विभिन्न तालिम तथा सेमिनारहरूमा सहभागी भई विविद् पक्षहरूमा सकारात्मक साझेदारी गरिरहेका छन् ।









