दार्चुला । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री सुशीला कार्कीले शीर्ष तीन नेतासँग भेट्न नचाहेको प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टी घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले केही दिन अघि प्रधानमन्त्री कार्कीले आफूसहित शीर्ष नेताको अनुहार नै हेर्न नचाहेको बताएको प्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।









