दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ७ मा अवस्थित देवभूमी देवथलीमा आज रात्रीजात्रा लाग्दैछ ।
पर्यटकिय गन्तव्यको रुपमा अवस्थित देवथलीमा आराध्यदेव मल्लिकार्जुन स्वामी लेकम क्षेत्रबाट शिखर धाममा प्रस्थान गर्ने बेला बाघमा सवार भइ आएको र देवथली पुग्दा खुट्टामा चोट लागेर स्वामी मल्लिकार्जुन सवार बाघले विश्राम लिएको किम्बदन्ती रहेको स्थानीय सस्कृतिका जानकार गोबी मिश्रले बताउनुभयो । पर्यटकिय गन्तव्यको रुपमा रहेको देवथली प्रचार प्रशारको अभावमा मौन छ । आज लाग्ने जात्राको सम्पुर्ण तयारी पुरा भएको र मन्दिरमा भराण पुर्याइएको मन्दिरका पूजारी घनश्याम जोशीले जानकारी दिनुभयो ।
स्वच्छ मनले पूजाआजा गरेमा मनोकामना शिद्ध हुने जनविश्वास छ । जात्रा अवधिभर मन्दिरमा जाडरक्सी सेवन गर्न र जुवातास खेल्न खेलाउन पुर्णतया बन्द गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।









