Friday, July 31, 2026
No Result
View All Result
Limpiyadhura Khabar
  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश
    • कञ्चनपुर
    • कैलाली
    • बाजुरा
    • अछाम
    • बैतडी
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश
    • कञ्चनपुर
    • कैलाली
    • बाजुरा
    • अछाम
    • बैतडी
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
No Result
View All Result
Limpiyadhura Khabar
No Result
View All Result
Home अर्थ

दार्चुलाका स्थानीय नुनदेखि सुनसम्म धार्चुला बजारमा निर्भर

October 21, 2025
in अर्थ, दार्चुला, प्रविधि, रोचक, समाचार, समाज, सुदुरपश्चिम प्रदेश
Reading Time: 1min read
0
दार्चुलाका स्थानीय नुनदेखि सुनसम्म धार्चुला बजारमा निर्भर
Share on FacebookShare on Twitter

ललित सामन्त । जिल्ला सदरमुकाम खलंगासंग जोडिएको भारतको पिथौरागडस्थित धार्चुला बजारमा नेपाली ग्राहकको घुइँचो लाग्ने गरेको छ । विशेषगरी अहिले तिहारको समाग्री किन्नका लागि नेपाली ग्राहकहरु यतिबेला भारतीय बजार धार्चुला पुग्ने गरेका छन् ।

गएको केही दिन यतादेखि भारतीय बजार धार्चुलामा नेपाली ग्राहक बढेको व्यापारीहरुले बताएका छन् । तिहारका लागि आवश्यक सामग्री खरीद गर्नका लागि नेपाली ग्राहकहरु भारतीय बजार धार्चुला पुग्ने गरेको स्थानीयहरुले बताएका छन ।तिहारमा आवश्यक पर्ने सामग्रीहरु भारतीय बजारमा सस्तो पाइने भएकाले आफूहरु सामग्री किन्न धार्चुला पुगेको दार्चुलाका स्थानीय संन्जय ठगुन्नाले बताए । नेपाली ग्राहकमा निर्भर रहेको भारतीय बजार धार्चुला तिहारको समयमा चहलपहल बढेको छ ।

अन्य समयमा खासै चहलपहल नभएपनि तिहारको समयमा धार्चुला बजारमा ग्राहकको संख्या बढ्ने गरेको व्यवपारी नारायण दाहालले जानकारी दिए । तिहारको सामग्री किन्नका लागि आजभोलि दैनिक सैयौं ग्राहक भारतीय बजार धार्चुला पुग्ने गरेका छन ।भारतीय बजार धार्चुलामा तिहारलाई लक्षित गर्दै यहाँका सानाठूला पसल तथा सपिङ सेन्टरसम्मले विभिन्न अफर र छुटसहित सामान बिक्रीमा राखेका छन् । साँझको समयमा यहाँका सडकछेउ र फुटपाथमा पनि तिहारका सामान सजाइएको देख्न सकिन्छ । जहाँ ग्राहकको घुइँचो देख्न सकिन्छ ।

नुन देखि सुनसम्म धार्चुला बजारमा निर्भर
नदी वारि नेपालको अन्तिम हिमाली दार्चुलाको खलंगा बजार छ भने पारि भारतको धार्चुला बजार छ । दार्चुलाबासी नुनदेखि सुनसम्म धार्चुला बजारमा नै निर्भर छन् । खलंगा बजारका व्यापारीहरुलेसमेत पारी धार्चुलाबाटै सामान ल्याएर व्यापार गर्ने गरेका छन् ।यहाँका स्थानीय दुई पैसा भएपनि कम मूल्यमा सामान पाइन्छ भनेर सीमा पारीको धार्चुला बजार नै धाउने गरेका छन् ।

दैनिक सयौंको संख्यामा दार्चुलाका बासिन्दा किनमेलका लागि धार्चुला लाग्छन् । ‘वारि नेपालमा ९० रुपैयाँ किलोमा पाइने चिनी पारि भारतको धार्चुलामा ७० रुपैयाँमै पाइन्छ,’ दार्चुला एक स्थानीयले भने, ‘त्यसैकारण नेपालीहरु सस्तोका लागि भएपनि पारि नै जाने गरेका छन् । ’घरायसी सामान होस वा अन्य सामनाका लागि धार्चुलानै जाने गरेको एक स्थानीय महिलाले बताइन् । ‘चिनी लिनका लागि त पारि पुग्छन् भने अरु सामान त कुरौ छोडौं,’ उनले भनिन्, ‘हामी त खलंगा बजार नगई सोझै धार्चुला बजार आउँछौ । खलंगा बजारमा महंगो पर्छ सामानको यता सस्तोमा पाइन्छ ।’ दुई रुपैयाँ सस्तो् भएपनि धार्चुला नै धाउने गरेको उनको भनाई छ ।

उनका अनुसार पहिले बाटो नहुँदा घर निर्माणका सामग्रीसमेत पारि धार्चलाबाटै आउँथे । अहिले बाटो बनेपछि भने निर्माणका सामग्री नेपालबाट ल्याउने गरिएको छ । स्थानीयले अन्य सामान भने अझै पनि धार्चुलाकै बजारबाट ल्याउने गरेको स्थानीय बताउँछन् ।

Previous Post

कुटपिटबाट बझाङमा एक युवकको मृत्यु

Next Post

तिहारको पाँचौ दिन आज गाई पूजा गरिँदै

Related Posts

हुनैनाथ आ.वि सिराेडाका प्र. अ गजेन्द्र मिश्रकाे भब्य विदाई
Banner

हुनैनाथ आ.वि सिराेडाका प्र. अ गजेन्द्र मिश्रकाे भब्य विदाई

July 22, 2026
लेकममा विकास र सुशासन देखाउने हुटहुटी छ: धनन्जय मिश्र
Banner

लेकममा विकास र सुशासन देखाउने हुटहुटी छ: धनन्जय मिश्र

July 21, 2026
दार्चुलाको बडीमालिका: देवथली, चिनिन बाकी, विकासको पर्खाईमा
Banner

दार्चुलाको बडीमालिका: देवथली, चिनिन बाकी, विकासको पर्खाईमा

July 12, 2026
४ वटा विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
Banner

४ वटा विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत

July 7, 2026
तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत
Banner

तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत

July 6, 2026
बैतडी बस दुर्घटना अपडेट : १७ जना घाइते
Banner

बैतडी बस दुर्घटना अपडेट : १७ जना घाइते

July 3, 2026
दार्चुलाकी पूजा मिश्र माेडलिङमा डेब्यु गर्दै, नयाँ म्युजिक भिडियो बजारमा
Banner

दार्चुलाकी पूजा मिश्र माेडलिङमा डेब्यु गर्दै, नयाँ म्युजिक भिडियो बजारमा

May 20, 2026
दार्चुलाकी टिकटकर पूजा मिश्रकाे अभिनय रहेकाे गित सार्वजनिक
Banner

दार्चुलाकी टिकटकर पूजा मिश्रकाे अभिनय रहेकाे गित सार्वजनिक

April 10, 2026
Next Post
तिहारको पाँचौ दिन आज गाई पूजा गरिँदै

तिहारको पाँचौ दिन आज गाई पूजा गरिँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

July 2026
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« May    
हुनैनाथ आ.वि सिराेडाका प्र. अ गजेन्द्र मिश्रकाे भब्य विदाई
Banner

हुनैनाथ आ.वि सिराेडाका प्र. अ गजेन्द्र मिश्रकाे भब्य विदाई

by लिम्पियाधूरा डेष्क
July 22, 2026
लेकममा विकास र सुशासन देखाउने हुटहुटी छ: धनन्जय मिश्र
Banner

लेकममा विकास र सुशासन देखाउने हुटहुटी छ: धनन्जय मिश्र

by लिम्पियाधूरा डेष्क
July 21, 2026
दार्चुलाको बडीमालिका: देवथली, चिनिन बाकी, विकासको पर्खाईमा
Banner

दार्चुलाको बडीमालिका: देवथली, चिनिन बाकी, विकासको पर्खाईमा

by लिम्पियाधूरा डेष्क
July 12, 2026
४ वटा विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
Banner

४ वटा विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत

by लिम्पियाधूरा डेष्क
July 7, 2026

हाम्रो बारेमा

लिम्पियाधुरा खबर

मुख्य कार्यालय
*********

सूचना बिभाग दर्ता नं.
****

सम्पर्क नम्बर
**********

ईमेल
*************

हाम्रो टीम

प्रबन्धक
दुर्गा दत्त मिश्र

सम्पादक
रमेश प्रसाद जोशी

कानूनी सल्लाहकार
अधिवक्ता कृष्ण महरा

द्रुत लिंक

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

विज्ञापन

  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश

© 2025 Limpiyadhura Khabar

No Result
View All Result
  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश
    • कञ्चनपुर
    • कैलाली
    • बाजुरा
    • अछाम
    • बैतडी
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ

© 2025 Limpiyadhura Khabar