दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ हुनैनाथ बालविवाहमुक्त वडा घोषणा गरिएको छ । मंगलवार एक औपचारिक कार्यक्रमका बीच वडा नम्बर ४ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको हो । पछिल्लो १ वर्षमा वडाभित्र कुनै पनि बालविवाह नभएको पुष्टि भएपछि वडालाई बालविवाहमुक्त वडा घोषणा गरिएको वडा अध्यक्ष धन सिंह धामीले जानकारी दिनुभयाे ।
वडा नम्बर ४ छैटौ वडाको रुपमा बालविवाहमुक्त वडा घोषणा गरिएको हो । यो संगै मालिकार्जुन गाउँपालिकाका ६ वडा बालविवाहमुक्त वडा घोषणा भएका छन् ।









