दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ कुणीमा अवस्थित ऐतिहासिक महामायी भगवती मन्दिरमा लागेको रात्रीजात्रा भव्यताका साथ सम्पन्न भएको छ ।
कार्तिक १९ गते शुक्ल पुर्णिामाका दिन लागेको विशाल जात्रा भव्यताका साथ सम्पन्न भएको लेकम गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष शिव राज जाेशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जात्रामा बैतडीका चर्चित ( डेउडीया) जे.आर भट्ट लगायत स्थानीय डेउडाप्रेेमीहरुले डेउडा खेल खेलेका थिए भने कयौं गाउँका जात्राहरु भगवती जात्रामा आईपुगेका थिए ।
जात्रालाई शभ्य,भव्य र मर्यादित बनाउन सहयोग गर्ने सम्पूर्णमा वडा कार्यालयले धन्यवाद ज्ञापन गरेकोे छ ।









